
काठमाडौं, १७ भदौ । सेयरबजारको ओरालोको यात्राले निरन्तरता लिएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सेयरबजार सामान्य ढंगले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.०८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले घटेर ३८३.२० विन्दुमा रहेको छ ।

यसदिन कुल २१९ कम्पनीको सेयर कारोबार भएको छ । १८ लाख १ हजार २७३ कम्पनीको सेयर खरिदबिक्रीबाट ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्य ३ वटामा बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । हरियो लागेको हाईड्रोपावरतर्फ ०.९४ अंकको बृद्धि भएको छ । अन्यतर्फ ७.२५ अंकको र माइक्रोफाइनान्सतर्फ ०.४७ अंकको बृद्धि देखिएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको १० करोड ४ लाख ९८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नबिल बैंकको ४ करोड ३७ लाख रुपैयाँबराबरको, अरुण काबेली पावरको २ करोड ४६ लाख रुपैयाँ, रिडी पावरको २ करोड २६ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड २० लाख रुपैयाँ, सोल्टी होटेलको २ करोड ५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ८९ लाख रुपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
यस्तै, अपी पावरको १ करोड ६८ लाख रुपैयाँ, युनिलिभर नेपालको १ करोड ५६ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको १ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यसदिन सपोर्ट लघुवित्त र रुरु जलविद्युतका सेयरधनीहरुले धेरै कमाएका छन्। दुवैको सेयराूल्य १० प्रतिशतले बढको छ ।बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




