
काठमाडौं, १९ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनभरमा नेपालबाट स्मार्ट वाच आयातका लागि करिब ४ करोड रुपैयाँ बाहिरिएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय तथ्याङ्क अनुसार साउन महिनामा विश्वका विभिन्न देशबाट ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार २९१ थान स्मार्टफोन आयात भएको छ ।
तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पोर्चुगल, कतार, यूएई र अमेरिका गरी विश्वका १० देशबाट स्मार्टवाच आयात भएको देखिन्छ ।
आँकडाअनुसार चालु आवको साउन महिनामा नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात भएको पाइएको छ । यो अवधिमा चीनबाट ३ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार १६९ थान स्मार्टवाच भित्रिएको छ ।
यसैगरी २४ हजार बराबरको १०५ थान, दक्षिण कोरिया र पोर्चुगलबाट १ लाख ५ हजार र १९ हजार बराबरका समान ४-४ थान, अमेरिकाबाट ७४ हजार बराबरको ३ थान तथा अष्ट्रेलियाबाट २८ हजार बराबरको २ थान स्मार्टवाच आयात भएको तथ्याङ्क छ।
यसबाहेक कतार यूएई जापान र न्यूजिल्याण्डबाट क्रमश: २५ हजार, ६ हजार, १७ हजार र २ हजार बराबर का १-१ थान स्मार्टवाच ल्याइएका छन् ।
यस्तो छ समग्र साउन महिनाको तथ्याङ्क









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




