नेप्सेमा ६.६८ अंककाे वृद्धि, कारोबारमा रिडी हाइड्रोपावर अब्बल

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ भदौ । लगातार ओरालाले लाग्दै आएको सेयर बजारमा आज भने सकारात्मक दृश्य देखिएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा चढेको छ । नेप्सेमा ०.३४ प्रतिशतले वृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । २८ लाख ७६ हजार २८८ कित्ता सेयरको खरिद/बिक्रीबाट १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहहरुमध्ये ९ वटामा हरियो लागेको छ । उनीहरुकाे सेयर बढेकाे छ । बाँकी चारमा रातो लागेको छ । उनीहरुकाे सेयर घटेकाे छ ।

बैंकिङ समूहतर्फ १.५५ अंकको वृद्धि भएको छ । व्यापारतर्फ ४.९३ अंकको, विकास बैंकतर्फ ५५.२४ अंकको, हइड्रोतर्फ २१.५२ अंकको, फाइनान्सतर्फ १०.४६ अंकको वृद्धि भएको छ ।

यस्तै निर्जीवन बीमातर्फ १४७ अंकले बढेको छ । लघुवित्ततर्फ २१.६ अंकले, जीवन बीमातर्फ ४६.१९ अंकले र लगानीतर्फ ०.०७ अंकको वृद्धि भएको छ ।

यसदिन होटल तथा पर्यटन समूहतर्फ १६.६१ अंको गिरावट देखिएको छ । उत्पादनतर्फ ८.३५ अंकको, अन्यतर्फ १३.१६ अंकको र म्युचुअल फण्डतर्फ ०.०५ अंकले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी रिडी हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ८ करोड ९१ लाख ८६४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन रूरू जलविद्युत परियाेजना कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ८४ रूपैयाँ ५० पैसा पुगेकाे छ । नयाँ सपाेर्ट लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य सबैभन्दा धेरै २.८६ प्रतिशतले घटेर एक हजार ३ सय ६० रूपैयाँ कायम भएकाे छ ।