
काठमाडौं, १९ भदाै । हाल शुक्रबार पूर्वान्ह ११ वजेदेखि दिउँसाे १ वजेसम्म दुइ घन्टा खुल्दै आएकाे सेयर बजार असोज महिनाबाट काराेबार बन्द हुने निर्णय भएकाे छ ।
शुक्रबार सेयर बजार पहिले जस्तै बन्द गर्ने निर्णय भएकाे नेप्सेले जनाएकाे छ । आज बसेकाे सञ्चालक समितिको बैठकले असाेज महिनादेखि सेयर बजारकाे शुक्रबारकाे काराेबार नहुने निर्णय भएकाे प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए ।
गएकाे जेठमा सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएकाेमा व्यापक आलाेचना भएकाे र त्यसबाट सकारात्मक नतिजा नदेखिएपछि एक महिनापछि साउनबाट आइतबारकाे बिदा हटाइएकाे थियाे । सरकारले दुइ दिन बिदा गरेपछि नेप्सेकाे काराेबार साेमबारबाट शुक्रबारसम्म हुँदै आएकाे थियो। शुक्रबारकाे काराेबार भने दुइ घन्टा हुँदै आएकाे थियाे ।
यहीबीचमा सेयर लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै आएका थिए भने उनीहरुले मागपत्र समेत पेश गरेका थिए । लगानीकर्ताले अन्तराष्ट्रिय अभ्यासमा सेयर काराेबार सातामा ५ दिन हुने भएकाेले नेपालमा पनि त्यसकाे सिकाे गर्न माग गरेका थिए ।
बिदाकै बारेमा केहि समयअघि सेबाेनका अध्यक्ष रमेश कुमार हमालले शुक्रबारको कारोबार बन्द गर्न मौखिक कुरा चलाएका भएपनि सञ्चालक समितिले बैठकबाट निर्णय नभइ लागू नहुने बताएकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




