
काठमाडौं, १९ भदाै । खप्तड लघुवित्त वित्तीय संस्थाकाे सेयर साेमबार बाँडफाँड गरिने भएकाे छ ।
कम्पनीले भदौ ८ गते देखि १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता निष्काशन गरेको थियाे । साेहि सेयर साेमबार बिहान १० वजे बाँडफाँड गरिने संस्थाले जानकारी दिएकाे छ ।
लघुवित्तको सेयर काठमाडौं कमलादीमा रहेकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने भएको हो ।
निष्काशन गरिएकाे कुल १ लाख ३२ हजार कित्तामा २ हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । त्यसबाट बाँकी रहने १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।
संस्थाकाे सेयरमा मागभन्दा बढीकाे आवेदन परेकाेले बाँडफाँड गोलाप्रथाबाट हुनेछ । १२ हजार ३४० आवेदकले १० कित्ताकाे दरले सेयर हात पार्नेछन् । बाँकी सबैकाे हात खालि हुनेछ ।
संस्थाकाे हालकाे चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहकाे छ । सेयर बाँडफाँडपछि चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्ने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




