बालिका अपहरण आरोपमा दुई पक्राउ

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



बलेवा, २२ असोज । बागलुङमा बालिका अपहरण गर्ने दुई जना अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई मङ्गलबार विद्यालय जाँदै गरेकाे बेलामा माेटरसाइकलमा राखेर लगेकाे अपहरणकाे आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

अपहरणकारी १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ । स्थानीय विद्यालयमा वैकल्पिक शिकाईका लागि जाँदै गरेकी बालिकालाई मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताएका छन । बालिका परिवारसंगै रहेकी छन ।