
काठमाडौं, २० भदौ । आईतबार सकारात्मक लयमा गएको नेपाली सेयर बजारमा आज फेरि करेक्सन देखिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावटसंगै कारोबार रकम अर्बबाट तल करोडमा झरेको छ । अब त सकारात्मक बन्ला कि भनेर बसेका लगानीकर्ताहरुको मनोबल आजको गिरावटले फेरि घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा झरेको छ । नेप्सेमा ०.२२ प्रतिशत गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले घटेर ३८२.९५ विन्दुमा रहेको छ ।

आज कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । २४ लाख ४४ हजार ३४४ कित्ता सेयरको खरिदबिक्रीबाट ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ उपसमूहरुमध्ये दुई बाहेक सबैमा रातो लागेको छ । उत्पादन र लघुवित्ततर्फ हरियो लागेको छ । उनीहरुको सयेरमूल्य बढेको छ । बाँकी ११ उपसमूहरुमा रातो लागेको छ भने उनीहरुको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७२१ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ७.४३ प्रतिशतले बढेर ४ सय ९३ रूपैयाँ ३० पैसा पुगेकाे छ । रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ६.५५ प्रतिशतले घटेर ९ सय २० रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




