सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि सेयर निष्कासन गर्दै

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ भदाै । सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने बताएकाे छ। कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरिएकाे थियाे ।

प्रतिकित्ता रु १०० अंकित दरकाे कुल ११ लाख ५० हजार कित्ता सेयर जारी हुन लागेकाे हो। यसमा ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका रहेकाे छ। बाँकी रहेकाे १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

सेयरमा लगानीकर्ताले घटीमा न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे अवधिसम्म पूर्ण आवेदन नपरेकाे खण्डमा असोज १२ गतेसम्म आवेदन पेश गर्न पाइनेछ।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम छ भन्ने हाे । लगानीकर्ताले साेबाेनबाट स्वीकृति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।