रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार १ अर्बमा सीमित

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ भदौ । लगातार भइरहेको नेप्सेको ओरालो लागेको यात्रा रोकिएको छैन । केही दिन अर्ध हरियालीको संकेत गरेको यो यात्रा त्यसपछि दुई दिन नटिकी सोमबार पुनः ओरालो लागेको थियो । आज पनि नेप्सेमा सोही प्रवृत्ति दोहोरिएको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार एउटा उपसमूह म्युचुअल फण्डबाहेक बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन् । म्युचुअल फण्डको झिनो ०.०४ अंकको वृद्धि भए पनि १२ वटा उपसमूहहरु राताम्मै भएका हुन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको छ । नेप्सेमा १.०८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.८९ अंकले घटेर ३७९.०५ विन्दुमा अडिएको छ ।

आज कुल २२७ कम्पनीहरुको सेयर कारोबार भएको छ । ३२ लाख ९ हजार ९८३ कित्ता सेयरको किनबेचबाट १ अर्ब १९ कराेड ७ लाख ६५ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको तथ्याङ्क छ ।

१३ वटा उपसमूहमध्ये म्युचुअल फण्डको सेयरमूल्य सामान्य बढेको छ । अन्य बाँकी १२ उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । यो कम्पनीको ९ करोड १४ लाख १८ हजार ७२६ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य ९.६८ प्रतिशतले बढेर एक हजार ४२ रूपैयाँ भएकाे छ । यसैगरी सानिमा माइ हाइड्राेपावर कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै ७.३२ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ९१ रूपैयाँ कायम भएकाे छ ।