
काठमाडौं, २२ भदौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयका सचिवहरूलाई निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल तथा अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले यस प्रकारको कार्यविधि बनाउन निर्देशन दिएका हुन् ।
उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खाल्को बनाउनुपर्छ ।’
मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने बताउँदै उनले १ प्रतिशत मूल्य अभिवृद्धिलाई पनि त्यही र अर्कोलाई पनि त्यही बराबरको प्रोत्साहन रकम हुन नहुने विचार व्यक्त गरे ।
कार्यक्रममा मन्त्री शर्माले निजी क्षेत्र सरकारको एउटा साझेदार नै भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रलाई समस्या नहुने र देशले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने गरी राष्ट्र बैंक, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्याको समाधान गर्ने आश्वासन दिए ।

अन्तरक्रियामा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा व्यवस्था गरिएको ‘इन्सेन्टिभ’ले उद्योगी तथा व्यवसायीलाई उत्साहित गरेको बताए । उनले जुत्ता, छड तथा सिमेन्ट क्षेत्रकै निर्यात क्षमता करिब ३ खर्बको रहेको भन्दै त्यसको ५० प्रतिशत मात्र निर्यात गर्न सके पनि मुलुकको व्यापार घाटा धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताए ।
यसैगरी भारतमा बिजुली निर्यात भइरहेको मूल्य बराबरमा मुलुकका उद्योगहरूले पाएमा उत्पादन लागत घटाउन मद्दत पुग्ने उनको विचार थियो । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले तरलता हाल निजी क्षेत्रले भोग्नु परिरहेको ठूलो समस्या रहेको जानकारी गराए । यसैगरी उनले बजेटअनुसार मौद्रिक नीति नहुनु, ऐन संशोधन भइरहनु लगायतका समस्याका कारण उद्योग संकुचनतिर गएको बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




