
काठमाडौं, २२ भदाै । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न भदौ ३० गते सातौं वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीकाे साधारण सभा काठमाडौं, बबरमहलमा रहेकाे कार्की ब्यांकेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभाबाट ५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्तावलाइ पारित गरिने भएकाे छ। आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत वितरणकाे प्रस्ताव पारित गरिने भएकाे हाे ।
साधारण सभाका अन्य एजेण्डाहरुमा नियमावली संशोधन तथा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र कम्पनीकाे नगद प्रवाहलगायतका विषय रहेका छन् । यस्तै साधारण सभामा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने एजेन्डा रहेका छन् ।
साधारण सभाकाे प्रयोजनका लागि भदौ १९ गते कम्पनीले बुकक्लोज गर्ने भएकाे छ । यसका लागि भदौ १८ गतेसम्म नेप्सेमा सेयर काराेबार भइ कायम भएका सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




