
काठमाडौं, २२ भदाै । माच्छापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषका बीचमा आज कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता भएसँगै माच्छापुच्छ्रे बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जाकाे सुरक्षण कोषले गर्नेछ। तीन करोडसम्मको त्यस्तो कर्जामध्ये एक करोडभन्दा माथिको कर्जाको हकमा बैंकले कोषको पूर्वस्वीकृति लिनुपर्छ ।
सुरक्षण हुने कर्जाको शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशत दुई किस्तामा बैंकले कोषलाइ दिनेछ।
सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु भए, कुनै प्राकृतिक प्रकोपबाट कृषि परियोजना नाश भए र अन्य कारणबाट कर्जा असुली हुन सकेन भने बैंकले दाबी गर्न सक्नेछ । यसका लागि काेषले ८० प्रतिशत भुक्तानी गर्ने भएकाे छ।
कार्यक्रममा कोषका नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख तथा बैंकका विभागीय प्रमुखहरुको सहभागिता रहेकाे थियाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




