सुनको मूल्य २ सयले घट्यो

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ असोज । बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल  सुनको मूल्य  प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ ।