
काठमाडौं, २३ भदाै । एशियन लाइफ इन्स्योरेन्सले १५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि असोज १३ गते १४ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ ।
इन्स्योरेन्सले प्रस्तावित लाभांश वितरणका लागि बाराकाे सिमरामा रहेकाे होटल क्लासिकमा पूर्वान्ह ११ बजे साधारण सभा बाेलाएकाे हाे । सभा अनलाइनमार्फत बाेलाइएकाे छ। अनलाइन सहभागिताका लागि यूजर नेम तथा पासवर्ड इमेलबाट उपलव्ध गराइने इन्स्योरेन्सले जानकारी दिएकाे छ।
सभामा आर्थिक वर्ष २०७७/७८ काे सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांशसहित १५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।
सभाका कम्पनीकाे प्रबन्धपत्र र नियमावली संशोधन गर्नका लागि त्यसकाे अधिकार सञ्चालक समितिलाई दिने एजेण्डा रहेका छन् । संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० काे रेसियाेलाई परिवर्तन गरी ५१ः४९ कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरुलाई सभाबाट पारित गरिने भएकाे छ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




