
काठमाडौं, २३ भदाै । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले असोज ७ गते विशेष साधारण सभा बाेलाएका छन् । दुबै संस्थाले मर्जरकाे प्रस्तावलाई पारित गर्नका लागि विशेष साधारण सभा बाेलाएका हुन्।
सिवाईसी नेपालकाे साधारण सभा पाेखरा सभागृह चाेमा रहेकाे केन्द्रिय कार्यालयमा बाेलाईएकाे छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाले स्याङ्जा वालिङस्थित होटल गाँउवेशीको सभाहलमा बाेलाईएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाईएकाे हाे ।
साधारण सभामा मर्जर प्रयोजनका लागि तयार भएकाे सेयर स्वाप रेसियाेलाई पारित गरिनेछ । यस्तै सभामा लेखापरीक्षककाे नियुक्त, पारिश्रमिक ताेक्ने, मर्जरकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरुलाई पारित गरिने भएकाे छ ।
मर्जरका लागि दुबै लघुवित्तले असार २३ गतेदेखि सेयर काराेबार बन्द गरेका छन् । साधारण सभा प्रयोजनका लागि भने भदौ २९ गतेदेखि असोज ७ गतेसम्म बुकक्लोज गर्ने भएका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




