
काठमाडौं, २३ भदौ । लगातार नेप्सेमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
यसदिन १३ उपसमूहरुमध्ये ७ वटामा रातोको लागेको छ । उनीहरको सेयरमूल्य घटेको छ । ६ वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा कारोबारमा केही सुधार भएको छ । बुधबार ८२ करोडमा सिमित भएको कारोबार यसदिन अर्ब नाघेको छ । लगातारको नेप्सेको ओरोलाेको यात्राले लगानीकर्तामा भने खुसि छाउन सकेको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घटेर ३७६.८४ विन्दुमा रहेको छ ।

आज कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ३४ लाख १ हजार ६९२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये ७ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बैंकिङतर्फ ४.०६ अंकले घटेको छ । व्यापारतर्फ १७.५९ अंकले, उत्पादनतर्फ १३ अंकले, अन्यतर्फ १८.८५ अंकले, लघुवित्ततर्फ १.५५ अंकले, जीवन बीमातर्फ २४.८२ अंकले, म्युचुअल फण्डतर्फ ०.१३ अंकले गिरावट भएको छ ।

हरियो लागेको ६ वटा होटल तथा पर्यटनतर्फ १०.९७ अंकले बढेको छ । विकास बैंकतर्फ ३७.१३ अंकले, हाइड्रोपावरतर्फ १३.७८ अंकले, फाइनान्सतर्फ २२.२ अंकले, नीर्जिवन बीमातर्फ १.७१ अंकले र लगानीतर्फ ०.०२ अंकले बढेको छ ।
कारोबारको आधारमा यसदिन सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १३ करोड १० लाख ४५ हजार ३६५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढेर एक हजार २ सय ८० रूपैयाँ पुगेकाे छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ६.४९ प्रतिशतले घटेर एक हजार ४ सय ११ रूपैयाँ २० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




