यस कारणले नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन : संघ

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले देशमा नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन : नेप्सेको पुनःसंरचना गर्दै यसैलाई सुदृढिकरण गर्नुपर्ने भन्दै ८ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेकोले माैजुदा एक्सचेन्जलाई सुधार गरेर जानुपर्ने आवश्यकमा जाेड दिएकाे छ ।

गएकाे सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धिताेपत्र बाेर्ड (सेबोन)को संशोधित नियमावली स्वीकृत गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुला गरेको थियाे ।

साे निर्णय आएपछि कर्मचारी संघले विज्ञप्ति निकालेर नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको हाे। संघले देशमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाे बारेमा कारणसहित ८ बुँदे बिज्ञप्ती सार्वजिनक गरेकाे हाे ।

संघले विश्वभर मर्जरको लहर चलिरहेको अवश्थामा हाम्रो जस्तो सानो मुलुकमा अर्को स्टक एक्सचेन्ज खोल्न दिनु भनेको स्टक एक्सचेन्जमा प्राईभेट कम्पनी समेतलाई लगानी गर्न दिनु हाे जाे अवैज्ञानिक र अव्यवहारिक भएको जनाईएको छ ।

यस्तै अर्थतन्त्रको आकार सानो भएको देशमा अर्को स्टक एक्सचेन्ज ल्याउनु वैज्ञानिक र व्यवहारिक नभएकोले यो उल्टो यात्रामा जानु हो । संघले जानाजान दुर्घटनामा पार्नु र पर्नु हो भनेको छ । संघले ठूलो पूँजी बजार भएका अमेरिका, भारतमा २ वटा, अन्य सबै देशमा १ वटा र यूरोपमा १ मात्र स्टक एक्सचेन्जको मोडल अगाडी आएको स्मरण गराएको छ ।