सुनचाँदी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार पनि सुनचाँदीको भाउमा केही वृद्धि भएको छ । आज छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा १५ रुपैयाँ मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन १ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजाबी सुनमा पनि १ सय रुपैयाँले नै बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा १५ रुपैयाँले बढेर तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।