
पोखरा, २४ भदौ । शुक्रबारदेखि शुरु ३४ औं महाधिवेशन आजबाट शुरु भएको छ । शनिबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि पवन प्रजापती र अर्जुन पोखरेलको समूह प्रतिष्पर्धीको रुपमा रहेका छन् ।
यसैबीच, उद्घाटन सत्रमा पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी सम्मान २०७९ बाट हिरा भट्टराईलाई सम्मान गरेको छ । भट्टराई पद्मावती हस्तकला उद्योग, पद्मावती मिडिया प्रा.लि र न्यु भट्टराई किराना स्टोर्सको संचालक तथा रेडियो जननीको अध्यक्ष हुन् ।
सोही अवसरमा संघले वाणिज्य तर्फ वसन्त नर्सरी र उद्योगतर्फ होटल वाराहीलाई उत्कृष्ट सम्मान गरेको छ । गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
यसअघि अधिवेशनको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका थिए। साे अवसरमा संघले प्रकाशन गरेकाे स्मारिका विमाेचन गरिएकाे थियाे ।
स्मारिकाकाे मुख्यमन्त्री पाेखरेल, गण्डकी प्रदेशका कानून मन्त्री विन्दु कुमार थापा, नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चद्नप्रसाद ढकाल तथा पाेखरा उद्याेग वाणिज्य संघका अध्यक्ष नारायण काेइरालाले सार्वजनिक गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको दुईदिनसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । मतदान शनिबार बिहान ८ बजेबाट शुरु हुनेछ ।













काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




