साढे १२ लाख कित्ता सेयर बिक्री गर्दै ङादी ग्रुप पावर

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ भदाै । ङादी ग्रुप पावरले १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री खुला गर्न लागेकाे छ । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको साे सेयर लीलामी बिक्रीमा ल्याउन लागेकाे हाे ।

सेयर खिरद गर्नका लागि लगानीकर्ताले घटीमा १०० रुपैयाँलाई आधार बनाए त्याेभन्दा बढी मूल्य राखेर बोलकबोलकाे आवेदन दिन सक्नेछन् । यसका लागि असोज १३ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले घटीमा १०० बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यसअघि कम्पनीले साउन १८ गतेदेखि १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियो । जसमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि आवेदन पेश भएकाे थियो । साेहि बेलामा बिक्री नभएकाे बाँकी हकप्रद सेयर लिलामी ल्याउन लागिएकाे हाे ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, सिद्धार्थ बैंकका शाखाहरु विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् । सेयरकाे बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेकाे छ ।