३६ हजार ८५९ जनाले पाए श्रीजनशील लघुवित्तको सेयर

-



     सफल आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ भदाै । श्रीजनशील लघुवित्तको सेयर बाँडफाँड आज सम्पन्न भएकाे छ । जसबाट ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ता सेयर प्राप्त गरेका छन् । उनीहरु हरेकले १० कित्ताका दरले सेयर पाएका हुन्।

कम्पनीकाे सेयरमा १८ लाख ३८ हजार ७५१ जना लगानीकर्ताले आवेदन पेश गरेका थिए । उनीहरुमा १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार लघुवित्तले भदौ १५ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियो ।

जसमा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । सर्वसाधारणले ३ लाख ६८ हजार ५९० कित्ताका लागि आवेदन पेश गरेका थिए । 

नतिजा यसरी हेर्न सकिन्छ

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । साथै मेरोसेयर, श्रीजनशील लघुवित्तको वेबसाइट र सीडीएस एन्ड क्लियरिङकाे नतिजा हेर्ने वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा थाहा पाउन सकिन्छ ।