प्रि-ओपन सेसन : नेप्सेमा सामान्य अंककाे वृद्धि

-



     सफल आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ भदाै । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

अघिल्लाे दिन सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा पुगेर राेकिएकाे थियाे । आज नेप्से परिसूचक प्रि-ओपन सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेकाे देखियाे।

आजकाे प्रि-ओपन सेसनमा ८ कम्पनीकाे १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको काराेबार भएकाे छ । १८० कित्ता शेयर खरिदबिक्री भएको छ।

साे सेसनमा ४ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । २ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीकाे सेयरमूल्य स्थिर रहेको छ।