
काठमाडौं, २८ भदौ । लगातार ओरालोकाे यात्रामा गएकाे नेपाली सेयर बजारमा आज भने नकारात्मक घेरा तोडेर सर्वत्र हरियाली छाएकाे छ ।
साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाउनुका साथै अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । तर कारोबार रकम भने करोड नाघ्न सकेन ।
मंगलबार नेप्सेमा छाएको हरियालीले लगानीकर्तामा उत्साह थपिएको छ । अब सेयर बजारले लय पकड्ने होकि भन्ने आकलन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.११ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेको छ ।

यसदिन कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ४६ हजार ९९६ कित्ता सेयरको खरिदबिक्रीबाट ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएकाे छ ।
१३ उपसमूहमध्ये सबैमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । बैंकिङ समूहतर्फ १०.९१ अंकले बढेको छ । व्यापारतर्फ २७.५९ अंकले, होटल तथा पर्यटनतर्फ २९.९२ अंकले, विकास बैंकतर्फ ६०.०३ अंकले बढेको छ ।

हाइड्रोपावरतर्फ २०.७८ अंकले बढेको छ । फाइनान्सतर्फ ३४.११ अंकले, नीर्जिवन बीमातर्फ ५८.७७ अंकले, उत्पादनतर्फ ९०.६५ अंकले, अन्यतर्फ १५.८२ अंकले, लघुवित्ततर्फ ५३.५८ अंकले, जीवब बीमातर्फ ९६.२२ अंकले, म्युचुअल फण्डतर्फ ०.११ अंकले र लगानी उपसमूहतर्फ ०.९५ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार २४५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
बाेटलर्स नेपाल (बालाजु) काे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय ३६ रूपैयाँ पुगेकाे छ । ‘८.५% नेपाल बैंक डिबेञ्चर, २०८७’ काे मूल्य सबैभन्दा धेरै घटेर ९ सय २२ रूपैयाँ २० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




