
काठमाडौं, २९ भदौ । सुनचाँदीको भाउमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

अघिल्लो दिन रुपैयाँ १०० ले घटेको छापावाल सुनमा यसदिन रुपैयाँ ७०० ले गिरावट भएको छ । चाँदीमा पनि रुपैयाँ १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाल सुनमा रुपैयाँ ७०० ले घटेर तोलाको रुपैयाँ ९२ हजार ८०० मा कारोबार भई रहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ७०० ले घटेरर तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुनमा रुपैयाँ १०० ले गिरावट भई तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




