नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल नियुक्त

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ असोज । नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।