काठमाडाैं, २३ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन प्रमुख सल्लाहकारहरू विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन ।
बिहीबार गरिएकाे पिसीआर परीक्षण नतिजा नेगेटिभ देखिएकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । तीनै जनालाई असोज १७ गते सङ्क्रमण पाेजेटिभ देखिएकाे थियो ।
सल्लाहकार थापाले फेसबुक स्टाटसमा लेखेका छन्र, परिवारका सदस्यहरूकाे कन्ट्याक्ट् ट्रेसिङ परीक्षणकाे रिपोर्ट पनि नेगेटिभ आएकाे छ । हामीले काेराेना संक्रमणलाई जितेका छाैं । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति कृतज्ञ र आभारी छाैं ।
आइसोलेसनमा रहँदा थापाकाे अनुभव
थापाले कोठाभित्रै व्यस्त भएकाे अनुभव बताएका छन । पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि म तीनकुनेस्थित आफ्नै फ्ल्याटमा आइसोलेट भएर बसे । कोरोनाका लक्षणहरु भने केही पनि थिएनन । र, पनि सतर्कता त अपनाउनै पर्याे । खाने, बस्ने सबै बेडरुममा नै हो । कोठाबाट बाहिर निस्केको थिइन । खानपिनमा बढीभन्दा बढी ध्यान दिए । जडिबुटीको चिया पिए । प्युठानबाट एउटा साथीले मलाई कोरोना भएको थाहा पाएपछि एक पाथी अर्गानिक बेसार पठाए । बिहान–बेलुका बेसार–पानी पिउने गरे । अरुलाई पनि खान भने । कीर्तिपुरको आयुर्वेद केन्द्रबाट केही आयुर्वेदिक औषधिहरु पनि प्राप्त भए ।
बिहानदेखि त झन् फुर्सद नै नहुने । खासगरी ५ नम्बर प्रदेशको राजधानीसम्वन्धी विवादलाई लिएर अन्तरवार्ता दिने, लेख लेख्ने काम गरे । समाचारहरु हेर्ने, पुस्तकहरु पढ्ने त छँदैछ । सकेसम्म सतर्कता त अपनाइएको थियो । तर कहाँबाट कसरी सर्याे सर्याे ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



