नेप्सेमा ४७.४४ अंकको वृद्धि, कारोबारमा नबिल बैंक अब्बल

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ ।

यसदिन नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । लगातार दुई दिनको सकारात्मक लयले अब सेयर बजारको लय स्थायी हुन्छ कि भन्ने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.४४ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक १९८१.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.१९ अंकले बढेर ३८५.३६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ४६ लाख १८ हजार ५१६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरु सबैमा हरियाली छाएको छ । सबैको सेयरमूल्य बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७३ रूपैयाँ ९० पैसा पुगेकाे छ । एनआईसी एशिया फ्लेक्सी कयाप फण्डको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर ९ रूपैयाँ कायम भएको छ ।