
काठमाडौं, ३० भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनमा रुपैयाँ ७०० ले गिरावट भई तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले गिरावट भई तोलाको ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनमा रुपैयाँ ७०० ले गिरावट भई तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले जनाए अनुसार चाँदीमा बिहिबार रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको छ बुधबार चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




