
काठमाडौं, ३० भदौ । दुई दिन लगातार सकारात्मक लयमा गएको सेयर बजार तेश्रो दिन आजसम्म आउँदा फेरि नकारात्मक लयमा गएकाे छ । यसिकाे मुख्य कारण ब्याजदर नै रहेकाे छ।
साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा भारि मात्रामा भएकाे यस प्रकारकाे नकारात्मक प्रभावले सेयर लगानिकर्ताको मनोबल पनि घटाएको छ ।
बैंकहरुले ६ महिना पहिले गरेको सहमतिलाई अब भने तोड्ने अवस्था आएकोले त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो । आज बिहान मात्रै नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र किसिमले ब्याजदर तोक्ने निर्णय गरेको छ ।
बैठकको निर्णयको प्रभाव सेयर बजारमा पनि देखिएको हो । जसको कारण सेयर बजार राताम्मै भएको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । नेप्सेमा २.८८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले घटेर ३७४.१३ विन्दुमा रहेको छ ।

यसदिन कुल २३२ कम्पनीको सेयर कारोबार भएको छ । ६९ लाख ४० हजार ५९६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको कारोबार भएको छ । बैंककाे २१ कराेड ५० लाख ३३ हजार १९० रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ।


यसदिन ९ वटा कम्पनीकाे मात्रै सेयरमूल्य बढेकाे छ । जसमा एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडबाहेक अरू म्युचुअल फण्ड र डिबेञ्चर रहेका छन् । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेर ८ रूपैयाँ २८ पैसामा झरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




