
काठमाडौं, ३० भदाै । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ७ लाख ६ हजार ६४३ वटा आवेदन परेको हो ।
बिहिबार बेलुका ५ वजेसम्म ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता सेयर माग गरिएकाे छ । यो माग सर्वसाधारणका लागि बिक्री गिरने १० लाख ५८ हजार कित्ता सेयरकाे ७.६२ गुणा बढी हाे ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरकाे ११ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । त्यसबाट ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ ।
५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । सर्वसाधारणका लागि १० लाख ५८ हजार कित्ता रहेकाे छ । सेयरमा लगानीका लागि लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत हाे ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




