सुनचाँदीको भाउ घट्याे

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ भदाै । लगातार सुनचाँदीकाे भाउमा गिरावट भएकाे छ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार छापावाल सुनको भाउमा एकैदिन १ हजार रुपैयाँले घटेकाे छ । चाँदीमा रूपैयाँ १० ले गिरावट भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले घटेर तोलाको ९१ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भई तोलाको ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १० ले घटेर तोलाको १ हजार १७० रुपयाँमा कारोबार भईरहृको छ । बिहिबार चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।