धितोपत्र बोर्डद्वारा नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन माग

-

     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित

काठमाडौं, २ असोज । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको छ । बोर्डले ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन माग गरेको हो । यसका अगि बोर्डले सूचना जारी गरेको छ ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न इच्छुक तथा धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले तीस दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ । यसका लागि धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गर्नुपर्नेछ ।

बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र त्यस अन्तर्गत बनेका नियम विनियम तथा अन्य प्रचलित कानूनका अधीनमा रहेर वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५ दिन भित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो ।