
काठमाडौं, २ असोज । सातामा सेयरकाे पहिलो कारोबार हुने दिनमा सेयर बजार सकारात्मक लयमा जाला कि भन्ने लगानीकर्ताको अपेक्षा अपूरो भएको छ ।
साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारले आरालोको यात्रा तय गर्दा लगानीकर्ताको मनोबल घटेको छ ।
ठीक यहि समयमा नेपाल धितोपत्र बोर्डले आज नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेपछि त्यसैकाे असर सेयर बजारमा देखिएकाे छ ।
पुँजीबजारकाे विकास र विस्तारका लागि कदम सकारात्मक भएपनि शुरुआती दिनमा त्यसकाे नकारात्मक असर सेयर बजारमा देखिएकाे प्रस्ट हुन्छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेको छ । नेप्सेमा १.७८ प्रतिशतले गिरावट हुँदा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने परिसूचक ६.०४ अंकले घटेर ३६५.८६ विन्दुमा झरेको छ ।

कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ६२ लाख ९६ हजार ४४५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख ४४ हजार १८२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

ग्लोबल आईएमइ सम्मुनत योजनाको मूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले बढेर ८ रूपैयाँ ८६ पैसा पुगेको छ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेर २ सय ७० रूपैयाँमा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




