
काठमाडौं, २ असाेज । मुक्तिनाथ विकास बैंकले १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना ल्याएको छ । बैंकले निक्षेपकर्ताहरुको हितकाे लागि लाभदायी ब्याजदर रहेकाे साे याेजना नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको दावि गरेकाे छ ।
‘बैंकले अब खुशीको छैन कुनै सीमा’ मूलमन्त्रका साथ मुक्तिनाथ आर्शिवाद बचत खाता संचालनमा ल्याएको हाे। यस नयाँ योजनामा बैंकमा तोकिएको रकम अनुसारको खाता खोलेका ग्राहकले लाभदायी ब्याजदरका साथमा १ करोड १ लाख सम्मको बीमा सुविधा पाउने भएका छन् ।
बैंकले ल्याएको गोल्ड समूहतर्फ न्युनतम मौज्दात रुपैयाँ ५० हजार रहेको खातामा बार्षिक ब्याजदर १० प्रतिशतले दिने र रुपैयाँ ५१ लाख सम्मको बीमा सुविधा रहेको जानकारी गराएको छ ।
यस्तै अर्को प्लेटिनमतर्फ न्युनतम १ लाख मौज्दात रहेको खातामा वार्षिक १० प्रतिशत ब्याजदर रहेको र यसमा १ करोड १ लाख सम्मको बीमा सुविधा रहेको जनाएको छ ।
बैंकले यस योजनामा बीमा सुविधाको अवधि खातावाल र परिवारको सदस्यहरुका लागि ३ वर्षसम्म कायम रहने जनाएको छ ।
मुक्तिनाथ आर्शिवाद बचत खाताको यो योजनासंगै बैंकले सबै खातावालाहरुलाई विभिन्न १५ वटा अन्य बैंकिङ सुविधाहरुमा छुटको व्यवस्था पनि रहेको जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




