
काठमाडौं, २ असाेज । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा आज अन्तिम दिनसम्म आउँदा १६ गुणा बढीले ओभर सब्सक्राइब्ड भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि रु १०० रुपैयाँ अंकित मूल्यकाे ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे थियो। यसमा आवेदन दिन पाइने म्याद आजसम्म ताेकिएकाे थियाे ।
कुल सेयरबाट ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ भने बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणका लागि रहेकाे छ ।
आज बेलुकासम्म सेयरमा १५ लाख ३८ हजार ३८३ आवेदकले १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरका लागि आवेदन दिएका छन्। याे संख्या माग गरेकाेभन्दा १६.२९ गुणाले बढी हाे ।
कम्पनीकाे सेयरमा १६ गुणा बढी ओभर सब्सक्राइब्ड भएकाेले सेयर बाँडफाँड गोलाप्रथाबाट हुने भएकाे छ। यस अनुसार १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




