लाभग्राहीकाे लागि वित्तिय साक्षरता आवश्यक

-



     सफल आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित



पाेखरा, ३ असाेज । सांग्रिला डेभलपमेन्ट बैंकका पाेखरा बागलुङ्ग बसपार्क शाखाका प्रमुख कमला गिरीले पाेखरा १८ का लाभग्राहीबीच वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा वित्तीय सेवा सुविधाका बारेमा सहजिकरण गरेकि छन् । साे अवसरमा उनले सेवाग्राहिका लागि वित्तीय साक्षरता आवश्यक भएकाे बताइन ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्धारा संचालित उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत लाभग्राहीहरुलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत विमा, ऋण, लगानी विप्रेषण लगायतका विषयहरुमा सहजीकरण गरेकि हुन्।

हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर ११२ शाखाहरुबाट सेवा पुर्याइरहेकाे छन् । यसका ३२ वटा एटिएम सन्चालनमा रहेका छन् भने विभन्न स्थानमा ८ वटा कलस्टर अफिस रहेका छन् । जहाँबाट विविध बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको गिरीले जाकारी दिइन ।

कार्यक्रममा रेडक्रसकाे उत्थानशिल जिविकोपार्जन कार्यक्रमका संयोजक देव नारायण पौडेल, जिविकोपार्जन परामर्शकर्ता आदर्श न्यौपाने र सामाजिक परिचारिका लिला देवकोटाले सहजीकरण गरेका थिए । आइतबारकाे साे कार्यक्रममा पोखरा महानगरपालिका वडा न १८ का ४३ जना लाभग्राही सहभागि भएका थिए।