तोलाको रु ९१ हजार ४०० मा झर्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असाेज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ४०० ले तथा चाँदीमा रुपैयाँ १० ले घटेको जानकारी दिएको छ ।

यसदिन छापावाल सुन रुपैयाँ ४०० ले घटेर तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ। आइतबार छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले घटेर तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सेतो धातु चाँदी तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।