नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासनमा सेबाेनकाे स्वीकृति

-



     सफल आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असाेज । नेपाल धितोपत्र बोर्डले थप २ वटा म्युचुअल फण्ड निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । सेबाेनले नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड निष्कासन गर्नका लागि स्वीकृति दिएकाे हाे ।

“नबिल फ्लेक्सी क्याप फण्ड” याे खुल्लामुखी याेजना हाे। कोषकाे प्रवद्धक नबिल बैंक लिमिटेड रहेकाे छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । “नबिल फ्लेक्सी क्याप फण्ड” काे ७ करोड ५० लाख इकाई निष्कासन हुनेछ ।

“सानिमा ग्रोथ फण्ड” याे बन्दमुखी याेजना हाे । कोषकाे प्रवद्धक सानिमा बैंक लिमिटेड रहेकाे छ भने योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेकाे छ । फण्डकाे १२ करोड इकाई निष्कासन हुनेछ ।