डा.केसी र सरकारबीचको वार्ता सहमति नजिक, अनसन तोड्ने तयारी

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ असोज । लामो समयदेखि चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसी र सरकारबीच आज सहमति भएको छ ।

अनसनरत डा.केसी र सरकारी वार्ताटोलीबीच सहमति भएपछि संभवतः आजै डा.केसीको अनसन तोड्ने तयारी भएकाे बताईएको छ ।

बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा रहेकाे थियो । आज दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो । शिक्षा सचिव गोपीनाथ मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली यसका लागि प्रयासरत थिए ।