
काठमाडौं, ४ असाेज । त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे साधारण सेयरकाे चुक्ता गर्न बाँकी रकम रहेकाे रकम आजबाट बुझाउन सकिने भएकाे छ।
माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक रहेकाे त्रिशूली जलविद्युत कम्पनीले एउटा सूचना प्रकाशन गरेर बाँकी रहेकाे रकम बुझाउन सेयरधनीहरुलाई आव्हान गरेकाे हाे ।
कम्पनीकाे २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म रुपैयाँ २ अर्ब ४७ करोडको ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता साधारण सेयर जारी भएकाे थियो।
१० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुबाट बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको छ। सेयरधनीहरुले कात्तिक १७ गतेसम्ममा रकम चुक्ता गर्नुपर्ने कम्पनीले जनाएकाे छ। साे रकम बुझाउने अन्तिम मितिसम्म प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन भनिएकाे छ ।
सेयरधनीहरुले सेबाेनबाट स्वीकृति लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट रकम बुझाउन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्गकाे ‘मेरो सेयर’ एप्सबाट पनि रकम बुझाउन सकिने भएकाे छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




