आशा लघुवित्तकाे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असाेज । आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता सेयरकाे लिलामी बिक्री खुल्ला गरिएकाे जनाएकाे छ ।

लघुवित्तले संस्थापक समूहको ३ लाख कित्ता सेयर लिलामी बिक्रीका लागि खुल्ला गरेकाे हाे । यसमा लघुवित्तका संस्थापक सेयरधनीहरु, अन्य व्यक्ति र विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्ने भएका छन्। 

लिलामी बिक्मारीमा ल्याइएकाे साे सेयरकाे मूल्य घटीमा प्रतिकित्ता ३९५ रुपैयाँ रहेकाे छ । खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्यलाइ आधार बनाएर त्यसभन्दा माथिकाे मूल्यमा बोलकबोल पेश गर्नुपर्नेछ। 

लगानीकर्ताले घटीमा १० हजार तथा बढीमा ३ लाख कित्ताका लागि असोज १२ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। बोलपत्र काठमाण्डौ कमलादीमा रहेकाे प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नुपर्नेछ।