
काठमाडौँ, असोज २४ । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन सबैमा आव्हान गरेको छ ।
सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सघाऊ पुग्ने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको काउन्सिलले जनाएको छ ।
सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको लागि खोजी गर्ने काम प्रारम्भ भएकाे छ । काउन्सिलमा रहेका सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायतका सामग्री समेत सङ्ग्रहालयमा राखिने भएको छ ।
सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने स–शुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



