
काठमाडौं, ५ असाेज । नेपाल चेम्बर अफ कर्मसले चालु पूँजी कर्जाकाे बारेमा भएकाे मार्गदर्शन सच्याउन माग गरेकाे छ । राष्ट्र बैंकको नीतिकाे कारण व्यावसायिक अवश्था कमजाेर हुँदै गएकाे चेम्बर अफ कमर्सले जनाएको छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुकाे स्वागत कार्यक्रममा सहभागिले चालू पूँजी कर्जाकाे व्यवस्थाले व्यावसायिक क्षेत्रमा नकारात्पमक असर गरेकाेले साे व्यवश्थालाइ सच्याउन उनीहरुले माग गरेका हुन् ।
संघका पदाधिकारीले बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशिलतामा लागेहरु तथा ससानाे व्यवसाय गरेका साना ऋणीहरु अधिक अफ्ठेराेमा परेकाे बताए ।
उता नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जाका बारेकाे मार्ग निर्देशन आगामी कार्तिक १ गतेदेखि लागु हुने बताएकाे छ । साे मिति निजकिदै गरेकाे बेलामा व्यवसायीले व्यवसायमा भइरहेकाे असजिलाेकाे लागि सहजिकरण र लगानीमैत्री वतावरणकाे खाेजि गरिरहेका सहभागिले बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक करोड रुपैयाँसम्मको चालु पूँजीको कर्जाको सीमाले बिक्रीको अधिकतम २०% सम्म मात्रै रहने व्यवस्थाले लामो समयसम्म उधारोमा हुने बिक्री र चाडपर्वकाे बेलामा मात्रै ५०% बिक्री हुने सामानका लागि राख्नुनर्पे मौज्दात अहिलेको सिमाले नपुग्ने बताए ।
उनले भने, वार्षिक कारोबार बिक्रीको ५०% सम्म सिमा कायम हुनुपर्छ । उनले अहिलेकाे व्यवस्थाले उधारोमा विक्री गर्नुपर्ने अवस्थाका व्यवसायीमा सबैभन्दा धेरै असर परेकाे बताए । साे अवसरमा मल्लले बैंकको व्याजदरमा पुन: पुनरावलोकन गर्न पनि आग्रह गरे ।
समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियाले आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरुलाइ बढी मारमा परेको बताए । साथै उनले ऋणीहरु राष्ट्र बैंकको नीतिका कारणले समस्यामा परेकाे बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




