
काठमाडौं, ५ असाेज । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर लीलामीका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएकाे थियाे ।
कम्पनीले प्रतिकित्ता मूल्य रुपैयाँ ७५० राखेकाे छ । इच्छुक लगानीकर्ताले रुपैयाँ ७५० रुपैयाँलाई आधार बनाएर त्याेभन्दा माथिकाे भाउ कबोल गरी लिलामी सेयरका लागि बाेलपत्र दिनुपर्ने छ ।
सेयर लीलामीमा बाेलकबाेलका लागि संस्थाका संस्थापक सेयरधनीहरु सहभागि हुनसक्ने छन् । यस्तै अन्य व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले पनि आवेदन पेश गर्न पाउने भएका छन् ।
लगानीकर्ताले घटीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि प्रबन्धक एनआइबीएल एस क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
पहिले पनि लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखेर आवेदन खुल्ला गरिएकाे भएपनि आवेदन पेश नभएपछि सेयर लिलामीमा ल्याइएको बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




