सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हाे ।

यसदिन छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ रुपैयाँ ४०० ले बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनमा पनि रुपैयाँ ५०० ले घटेर तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुनमा रुपैयाँ ४०० ले बढेर तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदनि चाँदीमा रुपैयाँ १० ले गिरावट भएर तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।