उपाध्याय र घिमिरे एनएमबि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असोज । एनएमबि बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई बढुवा गरएिको छ ।

बैंकको भदौ ३१ गते शुक्रबार बसेको संचालक समितिको ४३९औं बैठकले यसअघि बैंकको नायब महाप्रबन्धक रहेका उपाध्याय र घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

सो बढुवा असोज ११ गतेदेखि लागू हुने गरी बढुवा गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोद कुमार उपाध्यायले जानकारी दिएका छन् ।