डलरको भाउ नयाँ विन्दुमा, कस्ताे छ अन्य अवस्ठा ?

-



     सफल आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असाेज । डलरको भाउ बढ्दो क्रममा रहेकाे छ। यसरी बढेकाे डलरको भाउ आज नयाँ विन्दुमा पुगेकाे छ।

नयाँ आर्थिक वर्ष शुरु भएपछि डरलको भाउ गएकाे साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो। अहिले डलरको भाउ सोहि विन्दु नजिक पुगेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेकाे वैदेशिक विनिमय दरका अनुसार बिहीबार अमेरिकी डलरको खिरद दर १२८ रुपैयाँ २७ पैसा भएकाे छ। राष्ट्र बैंकले डलरकाे खरिद दर १२७ रुपैयाँ ६७ पैसा देखाएकाे छ ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० काे खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेकाे जनाएकाे छ । यूराे १ काे खरिदमा १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा रहेकाे जनाएकाे छ । पाउण्डस्ट्रलिङ १ काे खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेकाे जनाएकाे छ ।

स्वीस फ्रयाङ्क रु १ काे खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेकाे छ । अस्ट्रेलियन डलर रु १ काे खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्री दर ८५ रुपैयाँ ६३ पैसा रहेकाे जनाइएकाे छ ।