प्रि-ओपन सेसन : नेप्सेमा ०.०१ अंककाे गिरावट

-



     सफल आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असाेज । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार आज नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.०१ अंकले घटेको छ ।

नेप्से परिसूचक ०.०१ अंकले घटेर १८४८.७९ विन्दुमा रहेकाे छ । यस अवधिमा ३१ हजार रुपैयाँभन्दा बढी सेयरकाे कारोबार भएको छ ।

यस सेसनमा ४ कम्पनीको ४० कित्ता सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको कारोबार भएको छ । २ वटा कम्पनीको सेयरमूल्य बढेको पाइएकाे छ भने २ वटा कम्पनीको सेयरमूल्य घटेको देखिएकाे छ ।