
काठमाडौं, ७ असोज । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन आज रुपैयाँ १००० र सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।
छापावाल सुनमा यसदिन रुपैयाँ १००० ले बढेर तोलाको ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ १००० ले बढेर तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैया १५ ले बढेर तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




