
वालिङ, ८ असाेज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले मर्जर सम्वन्धी विशेष प्रस्ताव पास गर्दे विशेष साधरणसभा होटल गाँउवेशीको सभाहल वालिङ–८ वालिङ स्याङजामा सम्पन भएकाे छ । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत मर्जर सम्वन्धी प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरियो ।
साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए । कार्यक्रमको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए । स्वागत मन्तव्य संचालक सावित्रा दवाडी पौडेलको रहेको थियो भने धन्यवाद ज्ञापन संचालक युक्त वहादुर सुवेदीले गरेका थिए ।
संस्थाले हाल ११ जिल्लामा १९ कार्यालय मार्फत कार्यक्रम संचालन गर्दै आएको र पोखरामा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्तसँग मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट काम गर्नेछ । विशेष साधरण सभामा मर्जर समितिका संयोजक तथा पव्लिक सञ्चालक विद्या श्रेष्ठले मर्जर प्रकृया र दुई संस्थाविचको मर्जरले आगामी दिनमा गण्डकी प्रदेशको एक सवल र उत्कृष्ट लघुवित्तको रुपमा सिवाइसी नेपाल लघुवित्त वन्ने र लगानीकर्ताहरु लगानी सदाका लागी शुरक्षित रहने धारणा ब्यक्त गरिन्।
मर्जर पश्चात संस्थाको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका ८ सभागृहचोकमा रहने र संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत सिवाईसी नेपालका साविकका पदाधिकारी नै रहने छन् । धितोपत्र कारोवार मर्जर प्रकृयाका कारण २०७९ असार २३ देखि नै वन्द रहेको दुवै संस्थाले एकिकृत कारोवार आश्विन मसान्त भित्रै गर्नका लागि मर्जर तालिकामा साेहि अनुरुप कार्ययोजना पेश गरेको बताएका छन् ।
मर्जर पश्चात आँसिधखोला लघुवित्त वित्तीय संस्थाको स्वीकृत १९ प्रतिशत वोनस शेयर समेत तत्कालिन लगानीकर्ताहरुको खातामा आउने श्रोतले बताएको छ । शुक्रबार दुवै संस्थाले छुट्टा छुट्टै स्थानमा मर्जर सम्वन्धी संयुक्त प्रस्ताव विशेष साधरण सभाबाट पास गरेको आँधिखोलाका कम्पनी सचिव तथा नायव कार्यकारी प्रमुख वावुराम कुँवरले बताएका छन् ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




